Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


बेलबारीको माझी गाउँमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ३४४ जना लाभान्वित

एक्सन खबर
भदौ, २७, २०७९


बेलबारीको माझी गाउँमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ३४४ जना लाभान्वित

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार बेलवारीको डाँगिहाटस्थित माझी गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फोक्सो सम्बन्धि समस्या र स्त्रीरोग सम्बन्धि समस्या भएका विरामीहरुलाई लक्षित गर्दै एक दिने शिविर सञ्चालन गरिएको हो ।

नोबेलका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, स्त्रीरोग बिशेषज्ञ डा.सिता घिमिरेसहितका डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ८७ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण, १११ जनाको भिडियो एक्सरेसहित ३४४ विरामीको स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १९ जनाको दाँत खोलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका र थप उपचार गर्नुपर्ने ४७ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउँने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

डा.शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको चुनावी क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ लाई उनले बिशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउँदै आएका छन् ।















0 प्रतिकृया