बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २३ भदौ । बुढानिलकण्ठ नगरपालिकामा काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहीबार स्थानीय प्रगतिटोल नगर सुधार समितिसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा ८६२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविरमा १७८ जनाको इसिजी, १८७ जनाको ल्याब, १९६ जनाको भिडियो एक्स रे गरिएको छ । यस्तै शिविरमा आएका मध्ये ३५ जनाको दाँत खोलिएको तथा ४२ जनालाई ओ.टी. रेफर गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा आँखा रोग, नाक कान घाँटी, स्त्री रोग, जनरल मेडिसिन लगायतका विशेषज्ञ चिकित्सक तथा नर्सहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने अभिप्रायले निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरेका हुन् । केएमसीको स्वास्थ्य शिविरले महिला, बालबालिका तथा जेष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया