Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


भदौ २९ गतेदेखि नयाँ नोट साट्न सकिने

एक्सन खबर
भदौ, २१, २०७९


भदौ २९ गतेदेखि नयाँ नोट साट्न सकिने

काठमाडौं, २१ भदौ । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर नयाँ नोट साट्न सकिने छ ।













0 प्रतिकृया