Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


बिरामी उत्पादन गर्दै भक्तपुरका अस्पतालहरूका क्यान्टिन

एक्सन खबर
भदौ, २१, २०७९


बिरामी उत्पादन गर्दै भक्तपुरका अस्पतालहरूका क्यान्टिन

भक्तपुर, २१ भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ । अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए ।

अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो । साथै पाकेको र काँचो खाद्य बस्तुहरु छुट्टाछुट्टै राख्न र फोहर कुहिने र नकुहिने छुट्ट्याएर भान्छा बाहिर राख्न, अखाद्य तेल र पटकपटक पकाएर तेल प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा एकदमै फोहर देखिएकोले सफा र व्यवस्थित गरी ग्यास सुरक्षित राख्न निर्देशन दिई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै क्यान्सर अस्पतालनको सुप्रिमु रेष्टुरेन्ट एण्ड मःम हाउसमा भान्छा कोठा धुवा र तेलले कालो (खार) भइसकेकोले सफा गरी चिम्नीको व्यवस्था गरी सफा र व्यवस्थित गर्न, क्यान्टिनमा प्रयोग भएको खाद्य सामाग्रीको म्याद नाघेको मिति नभएको चामल भेटिएकोले लेबल नभएको प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न निर्देशन दिई पसल दर्ता नभएकोले दर्ता गरायो ।












0 प्रतिकृया








लोकप्रिय

















फल्लोअप