Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

एजेन्सी
भदौ, १६, २०७९


न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

न्युयोर्क, १६ भदाै। अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ ।

कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइँ नहुँदा बन्दकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरुले बताउँदै आएका छन् ।

यसैबीच वासिङ्टनमा दुई जना विद्यार्थी साथीलाई  गोली हानेर घाइते बनाएको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
 













0 प्रतिकृया