Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


महानगरको टोली न्युरोडको सुरज आर्केडमा, पसलहरू बन्द

एक्सन खबर
भदौ, १३, २०७९


महानगरको टोली न्युरोडको सुरज आर्केडमा, पसलहरू बन्द

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ ।

अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ । एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ । 













0 प्रतिकृया