प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू राष्ट्रपति भेट्न शितल निवासमा
एक्सन खबर
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् । उनीहरू सोमबार दिउँसो शितल निवास पुगेका हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।
राष्ट्रपतिले भेट्न बोलाएपछि सभापतिसहित नेताहरू शितलनिवास पुग्नेकाे बताइएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित नागरिकता विधेयक संसाेधन गर्न फिर्ता पठाएकाेमा प्रतिनिधिसभाले पुनः जस्ताकाे तस्तै पारित गरेर राष्ट्रिय सभा हुँदै विधायन समितिमा छलफलका लागि पठाएको छ ।
0 प्रतिकृया