Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

एक्सन खबर
भदौ, ११, २०७९


एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

काठमाडौं, ११ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।

तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदेखि एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ । एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटीकाे बैठक बोलाएको छ ।












0 प्रतिकृया








लोकप्रिय

















फल्लोअप