Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


भक्तपुरकाे कमल विनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, ७, २०७९


भक्तपुरकाे कमल विनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, ७ भदौ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आज गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६७५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरको कमलविनायकमा माउण्ट भ्याली अङ्ग्रेजी स्कुलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६७५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा स्वास्थ्य परीक्षणमा आएका मध्ये ११४ जनाको इसिजी, १८२ जनाको ल्याब परीक्षण तथा १७२ जनाको युएसजी गरिएको छ । त्यस्तैगरी, २३ जनाको दाँत खोलिँदा २७ जनालाई उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।  

केएमसीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा बालबालिका, जेष्ठ नागरिक लगायतले निःशुल्क स्वास्थ्य परीक्षण गराउने गर्दछन् । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले जनतामा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । पछिल्लो समय केएमसीले आफ्ना स्वास्थ्य सेवाहरुलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै आइरहेको छ ।













0 प्रतिकृया