Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


आजको संसदमा प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

एक्सन खबर
भदौ, ६, २०७९


आजको संसदमा प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौं, ६ भदौ । दिवगंत नेता प्रदिप गिरिको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका गिरि त्यसपछि क्रमश: २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
 
यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित गिरि क्यान्सर पिडित गिरीको शनिवार राती उपचारको क्रममा निधन भएको थियो । नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतवार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।













0 प्रतिकृया