Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


इन्जिनियरिङ र ज्येष्ठ नागरिकसम्बन्धी विधेयक प्रमाणीकरण

एक्सन खबर


इन्जिनियरिङ र ज्येष्ठ नागरिकसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

अब राजपत्रमा प्रकाशित भएपछि नेपाल इञ्जिनियरिङ परिषद् ऐन -२०७६ को रुपमा कार्यान्वयनमा आउनेछ । यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाउने छैन । नाम दर्ता गर्नको लागि परिषद्ले लिने परीक्षा पास गर्नुपर्नेछ ।

विधेयक प्रमाणीकरणबारे जानकारी दिन प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्ति :


सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

विधेयकको नाम  
१    नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक    
२    ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
२०७९ साल भदौ ५ गते आइतबार ।

सागर आचार्य
प्रवक्ता
 













0 प्रतिकृया