Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आज पारित गर्ने तयारी

एक्सन खबर
भदौ, २, २०७९


राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आज पारित गर्ने तयारी

काठमाडौं, २ भदौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ । राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।













0 प्रतिकृया