प्रचण्डलाई सर्दु खाेलामा श्रमदान गर्न हर्क साम्पाङकाे निम्ताे
एक्सन खबर
काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्तामा मेयर साम्पाङले अध्यक्ष प्रचण्डलाई धरानकाे सर्दु खाेलामा श्रमदान गर्न निम्ताे दिएकाे बताएका छन् ।
विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएकोमा साे अवसरमा उनले प्रचण्डलाई धरानमा श्रमदान गर्न बाेलाएकाे र प्रचण्डले हुन्छ समेत भनेकाे सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! वहाँले "हुन्छ" भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !’ मेयर साम्पाङले फेसवुक पेजमा लेखेका छन् ।
यता प्रचण्ड सचिवालयले मेयर साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको जनाएको छ ।
0 प्रतिकृया