Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


गुराँस लाइफले ७.४४ प्रतिशत बोनस सेयर बाँड्दै

एक्सन खबर
साउन, ३१, २०७९


गुराँस लाइफले ७.४४ प्रतिशत बोनस सेयर बाँड्दै

काठमाडौं, ३१ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ । कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।













0 प्रतिकृया