Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


देशभर ४५५ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

एक्सन खबर
साउन, २९, २०७९


देशभर ४५५ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् । हाल नेपालमा दुई जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।













0 प्रतिकृया