Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


देउवा विरूद्ध रचनात्मक बिद्राेह गर्न शेखर कोइरालालाई युवाहरूकाे सुझाव

एक्सन खबर
साउन, २८, २०७९


देउवा विरूद्ध रचनात्मक बिद्राेह गर्न शेखर कोइरालालाई युवाहरूकाे सुझाव

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका युवा नेताहरूले डा. शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् ।

भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप शेखर पक्षका युवाको रहेको छ ।

युवा नेताहरूले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी,  डा. रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेमा निरञ्जन थापा, लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा,  ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङ  रहेका छन् ।















0 प्रतिकृया