Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


कोरोना संक्रमण बढ्दाे, एकै दिन पाँच जनाको मृत्यु

एक्सन खबर
साउन, २६, २०७९


कोरोना संक्रमण बढ्दाे, एकै दिन पाँच जनाको मृत्यु

काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।   













0 प्रतिकृया