Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


‘महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गरियोस’ महेश बस्नेत

एक्सन खबर
साउन, २५, २०७९


‘महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गरियोस’ महेश बस्नेत

काठमाडाैं, २५ साउन । बलात्कार, भ्रष्टाचार जस्ता आरोपमा मुछिएकाहरुको संरक्षण महान्यायाधिवक्ता खम्मबहादुर खाती रहेको भन्दै नेकपा एमालेका सांसद महेश बस्नेतले राजीनामा माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकार समेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

महान्यायाधिवक्ता खातीले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास गरेको, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास गरेको, भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिको मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।

‘२०५१ सालदेखि नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा सञ्चालित छ । चाँगुनारायणको तत्कालिन गाविसले १७४ रोपनी जग्गा दिएर सरकार र नगरपालिकाको तर्फबाट करोडौं पैसा हालेर यो इन्जिनियरिङ कलेज सञ्चालित छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा अहिले २३ सय विद्यार्थी पढ्छन् र २५० जना शिक्षक कर्मचारीले काम गरिरहेका छन् ।’ सांसद महेश बस्नेतले अगाडी भने–‘२०६० सालमा सामाजिक संस्थाको रुपमा दर्ता भएर आएको छ । र, २०७३ सालमा यसको सञ्चालक समितिमा लम्बोदर न्यौपाने आए त्यसपछि उनले २०७४ बैशाखमा कम्पनीको रुपमा परिणत गर्न खोजे ।’  सांसद बस्नेतले भने ।

तत्कालिन पाटन उच्च अदालतले न्यौपानेका पक्षमा फैसला गरेको र त्यसको पुनरावलोकन मुद्दा सर्वोच्चमा विचाराधिन रहँदा रहँदै महान्यायाधिवक्ताले साउन १९ गते लम्बोदर न्यौपानेसँग भेट गरेको बस्नेतले संसदमा बोल्दै जानकारी गराए ।

नेपाल इन्जिनियरिङ कलेजकै सम्बन्धमा लम्बोदर न्यौपाने विरुद्ध असंख्य मुद्दाहरु रहेको जनाउँदै सांसद बस्नेतले महान्यायाधिवक्तालाई नै प्रभावित गरेर मुद्दाहरु फैसला गराउन खोजेको बताए । साथै, उनले महान्यायाधिवक्ता अपराधीहरु जोगाउन लागि परेको जिकीर गर्दै यस्ता विवादित व्यक्तिलाई महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा राख्न नहुने भन्दै तत्काल निलम्बन गर्न माग गरे ।

पछिल्लाे समय महान्यायाधिवक्ता खातीले सर्वाेच्च अदालत, विशेष अदालतमा चलिरहेका ठगी, जालसाजी भ्रष्ट्राचार लगायतका विभिन्न मुद्दाहरूमा लम्बाेदर न्याैपानेकाे संरक्षण गर्दै आइरहेका छन् । साउन १९ गते अपरान्ह महान्यायाधिवक्ता खाती र न्याैपानेविच महान्यायाधिवक्ताकाे कार्यालयमै एक घन्टा गाेप्य भेटघाट भएकाे सञ्चारमाध्यममा आइसकेकाे छ ।

हेर्नुहोस भिडियो














0 प्रतिकृया