Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


जापोरिज्जिया आणविक संकटबारे सुरक्षा परिषद्को बैठक

एक्सन खबर
साउन, २६, २०७९


जापोरिज्जिया आणविक संकटबारे सुरक्षा परिषद्को बैठक

तेहरान, २६ साउन । युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ ।

रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् ।  

मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षिणपूर्वी युक्रेनको जापोरिज्हिया पावर प्लान्टनजिकै भएको थियो । यो प्लान्ट युरोपकै सबैभन्दा ठूलो मानिन्छ । रुसी सेनाको हमलाले अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाएको छ ।
 













0 प्रतिकृया