Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


एम्स हस्पिटल पटनाका प्रख्यात बाल सर्जन केएमसीमा

एक्सन खबर


एम्स हस्पिटल पटनाका प्रख्यात बाल सर्जन केएमसीमा

काठमाडौं, २५ साउन । एम्स हस्पिटल पटनाका प्रख्यात बाल सर्जन प्रोफेसर डाक्टर विन्दे कुमारले काठमाडौं मेडिकल कलेजमा आयोजित एक कार्यक्रममा कुर्नपनि बिरामीको उपचार अन्दाजको भरमा भन्दापनि तथ्यको आधारका कसरी गर्ने सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

एम्स हस्पिटल पटनाका एशोसिएट डीन समेत रहेका डा. विन्दे कुमारले केएमसीका चिकित्सकहरुलाई उपचार सम्बन्धी तालिम समेत दिँदै २ वटा विषयमा कार्यपत्र प्रस्तुत गरे । तथ्य र प्रमाणको आधारमा उपचार कसरी गर्ने तथा एशोसिएट प्रोफेसर तथा प्रोफेसर हुन जर्नल कसरी तयार पार्ने विषयमा डा. विन्देले कार्यपत्र प्रस्तुत गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

सो क्रममा बोल्दै डा. विन्देले कुनैपनि रोगको उपचार गर्दा अनुमानका आधारमा गर्दा सही उपचार नहुने भन्दै सर्जन तथा चिकित्सकहरुले प्रमाण र तथ्य अनुसार उपचार गरे जोखिम नहुने बताए । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा विज्ञानले धेरै प्रगती गरेको उल्लेख गर्दै चिकित्सा विज्ञानका नविनतम पद्दति र प्रविधिहरुको सहयोगले जस्तोसुकै गम्भिर विरामीको उपचार संभव भएको जनाए । यसका साथै, उनले एशोसिएट प्रोफेसर तथा प्रोफेसर हुनका लागि लेखिने जर्नल कस्तो हुनुपर्ने तथा कसरी राम्रो लेख्ने सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका बारेमा केएमसीका पेड्रियाट्रिक सर्जन डा. आशिषलाल श्रेष्ठले प्रकाश पारेका थिए भने, कार्यक्रममा केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठ र हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठले डा. विन्देलाई स्वागत गरेका थिए । कार्यक्रममा केएमसीका १२० डाक्टरहरुको सहभागीता रहेको थियो ।

केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले केएमसीमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि समय समयमा अन्तराष्ट्रिय स्तरबाट विज्ञहरु ल्याएर तालिम तथा गोष्ठिहरु आयोजना गरिँदै आएको बताए ।













0 प्रतिकृया