Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


प्रतिनिधि सभा बैठक बस्दै, तथ्यांक विधेयक छलफलमा

एक्सन खबर
साउन, २५, २०७९


प्रतिनिधि सभा बैठक बस्दै, तथ्यांक विधेयक छलफलमा

काठमाडौं, २५ साउन । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् ।

‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ । देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ ।













0 प्रतिकृया