Follow us:


Follow us

१९ असोज २०८३, सोमवार
१९ असोज २०८३, सोमवार


सिट बाँडफाँड सम्बन्धी कार्यदलको संयोजकमा कृष्ण प्रसाद सिटौला

एक्सन खबर
साउन, २३, २०७९


सिट बाँडफाँड सम्बन्धी कार्यदलको संयोजकमा कृष्ण प्रसाद सिटौला

काठमाडौं, २३ साउन । सत्तारुढ दलको सिट बाँडभाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ । बैठकमा सिटबाँडफाँडबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए ।

'कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ । एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ,' स्रोतले भन्यो ।

एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने निर्णय गरिएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग रहेको छ ।













0 प्रतिकृया