Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


मधुमेह तथा थाइराइड रोगकी विशेषज्ञ डा. मिश्रकाे स्पेशल सेवा केएमसीमा

एक्सन खबर
साउन, २२, २०७९


मधुमेह तथा थाइराइड रोगकी विशेषज्ञ डा. मिश्रकाे स्पेशल सेवा केएमसीमा

काठमाडौं, २२ साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा मधुमेह तथा थाइराइड रोगको स्पेशल ओपिडी सेवा प्रारम्भ भएको छ । वरिष्ठ मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. मनिषा मिश्रले केएमसीमा सेवा दिन थालेसँगै उक्त रोगसँग सम्बन्धी स्पेशल ओपिडी सेवा सुरु गरिएको हो ।

डा. मिश्र विगत १२ वर्षदेखि मधुमेह तथा थाइराइड रोगको विशेषज्ञका रुपमा राजधानीका अस्पतालहरुमा कार्यरत छिन् । चाइनाबाट एमविविएस तथा एमडी गरेकी डा. मिश्रले प्रत्येक दिन विहान ९ बजेदेखि १ बजेसम्म स्पेशल सेवा दिने केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

डा. मिश्रले केएमसीमा नयाँ तथा पुराना मधुमेह तथा थाइराइडका रोगीहरुलाई स्पेशल सेवा दिने बताइएको छ । पछिल्लो समय शहरी क्षेत्रमा मधुमेह तथा थाइराइडका रोगीहरु बढ्ने क्रममा रहेका छन् । स्वस्थ आहारविहारको कमी, व्यस्त फास्डफुड दैनिकीले मधुमेह तथा थाइराइड हुनेहरुको संख्या बढ्दो छ । डा. मिश्रले बालबालिका तथा सबै उमेर समुहकालाई हुने थाइराइड तथा औषधी खाएर पनि मधुमेह नियन्त्रण नभएका बिरामीहरुको स्वास्थ्य जाँच तथा उचित परामर्श दिनेछिन् ।

डा. मिश्रका अनुसार शारिरीक तौल घट्नु बढ्नु, महिलाहरुमा महिनामारीमा अनियमितता, गर्भ बस्न नसक्न्, छाला तथा कपाल सुख्खा हुनु, कपाल झर्नु, डिप्रेसन हुनु, छिनछिनमा पिसाब लाग्नु, मांसपेशीको दुखाई तथा हात खुट्टा झम्झमाउनु, थकाई लाग्नु, अनिन्द्रा जस्ता लक्षणहरु मधुमेह तथा थाइराइडका लक्षणहरु हुन् ।

माथी उल्लेखित कुनै समस्या देखिने वित्तिकै विशेषज्ञ चिकित्सकसँग परामर्श लिएमा मधुमेह र थाइराइडको उपचार तथा नियन्त्रण गर्न सकिन्छ । डा. मनिषा मिश्रले नियमित शारिरीक व्यायाम, स्वस्थकर खानपान शैली अपनाए थाइराइड र मधुमेहबाट छुटकारा पाउन सकिने बताएकी छन् । ज्यादातर शहरी क्षेत्रमा अस्वस्थ खानपान र जीवनशैलीकै कारण मधुमेह, थाइराइड, उच्च रक्तचाप जस्ता रोगहरु लाग्ने गरेका छन् ।  

केएमसीका कार्यकारी अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माले स्वास्थ्य सेवामा विशिष्टकृत सेवाहरु थप्ने कार्य अनुसार मधुमेह तथा थाइराइडका बिरामीलाई स्पेशल ओपिडी सेवा थालनी गरिएको बताए । उनले आउँदा दिनहरुमा अन्य विशिष्टकृत सेवाहरु पनि थप्दै जाने जनाएका छन् ।















0 प्रतिकृया