Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


देशभर थपिए ९१२ कोरोना संक्रमित, एकको मृत्यु

एक्सन खबर
साउन, २०, २०७९


देशभर थपिए ९१२ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।



Tags: covid-19










0 प्रतिकृया