Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


बाढी पीडितलाई राहतसहित उचित व्यवस्थापन गरिन्छ: परराष्ट्रमन्त्री

एक्सन खबर
साउन, २०, २०७९


बाढी पीडितलाई राहतसहित उचित व्यवस्थापन गरिन्छ: परराष्ट्रमन्त्री

उदयपुर, २० साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताए ।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हु्न् ।

उनले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताए । कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन् ।













0 प्रतिकृया