Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


बचतकर्ता र लगानीकर्ताहरुको विस्वास डग्मगाउन नदिनेको प्रतिबद्धता

एक्सन खबर


बचतकर्ता र लगानीकर्ताहरुको विस्वास डग्मगाउन नदिनेको प्रतिबद्धता

सुनसरी, १९ साउन । आर्थिक कठिनाइसँग जुधिरहेको बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लि.ले बचतकर्ता र शेयर सदस्यहरुलाई लगानीकर्ताहरुको लगानी डुब्न नदिने प्रतिबद्धता जनाएको छ ।

मंगलबार बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने विश्वकर्मा तथा बराह बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मानबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै ग्राहक, बचतकर्ता तथा लगानीकर्ताहरुको विस्वास टुट्न नदिने प्रतिबद्धता जनाउँदै संस्था चलायमान बनाउन केही समय दिन अनुरोध गरेका हुन् ।

बराह संघर्ष समितिसँग भएको सहमति अनुसार भदौ १६ को समयसिमामा आफुहरु प्रतिबद्ध रहेका जनाउँदै संस्थाले प्रचार गरिएजस्तो बराह डुब्ने अवस्थामा नरहेको प्रष्ट पारेका छन् । ‘बैकिङ तरलता तथा हामीसँग भएका चल–अचल सम्पत्तिलाई तत्काल तरलता निवारणको श्रोत बनाउनलाई कठिन भएको कारण लगानीकर्ता र बचतकर्ताको पैसा तत्काल फिर्ता गर्न केही ढिलाई भएपनि प्रचार गरिएजस्तो लगानीकर्ता र बचतकर्ताहरुको पैसा डुब्ने स्तरमा हाम्रो अवस्था विल्कुलै छैन र हामी यस प्रकारको संकटबाट केही समयमै पार लगाउनेछौं, बचत तथा लगानीकर्ताहरुको आवश्यक रकम ससम्मान फिर्ता गर्न हरतरहले लागिरहनेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं । बराह ग्रुपका अध्यक्ष लामिछाने र बराह सहकारीका अध्यक्ष विश्वकमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बराहले बचतकर्ता र लगानीकर्ताहरुको विस्वास र सद्भाव टुट्न नदिने प्रतबद्धता जनाउँदै कम्पनीको २८ औं वार्षिकोत्सवको अवसरमा धरानको भोटेपुल स्थित बराह मलमा व्यवसाय विस्तार तथा बराह मुभिजको शुभारम्भ एवम् भानुचोक र भेडेटारका सपिङ सेन्टरहरुलाई थप स्तरोन्नतिसहित चाँडैनै सञ्चालन गर्ने समेत जनाएको छ ।

यसैगरी, बराहलाई समाप्त पार्ने, तहसनहस बनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरुले सहकारी र कम्पनीलाई लक्षित गरि नियतवस बदनाम गराउने, अर्नगल प्रचारप्रसार गर्ने, व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने तथा लाञ्छना लगाउने कार्य हुँदै आइरहेमा आपत्ति जनाएको छ । साउन १५ गते संघर्ष समितिको नामबाट केही गलत ब्यक्तिहरुबाट धरान उपमहानगरपालिका कार्यालयको भौतिक संरचनामाथिको तोेडफोड, धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र जिम्मेवार अधिकृतहरुमाथि भएको गालीगलौज र दुव्र्यहार प्रति गहिरो दुखः प्रकट समेत गरेको छ ।

विश्वब्यापी कोभिड–१ को महामारीले सृजित आर्थिक संकटका कारण बजारमा प्रवाह गरिएको नगद व्यवस्थापन गर्न नसक्दा बराहले समयमै बचतकर्ता र लगानीकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । यद्यपि, बराहका सञ्चालकहरुले समस्या समाधानका लागि कार्यहरु गरिरहेकै अवस्थामा संघर्ष समितिको नाममा धरान उपमहानगरपालिका घेराउ गर्ने, संस्थामा आबद्ध व्यक्तिहरुको व्यक्तिगत जीवनमै असर गर्ने गरी लांछना लगाउने कार्य भइरहेकोमा त्यसले समस्या समाधान नहुने जनाएको छ ।

हेर्नुहोस् बराहले जारि गरेको विज्ञप्ति
















0 प्रतिकृया