काठमाडौंको बैष्णवीमार्गमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १८ साउन । बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी) ले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५६ सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ वैष्णवी मार्गमा न्यूटन स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा १६४ को इसिजी, १९१ जनाको ल्याव परीक्षण तथा १८२ जनाको युएसजी गरिएको छ । त्यस्तै गरी, ३७ जनाको दाँत खोलिँदा ४२ जनालाई उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
समाजसेवी डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालित केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत आम सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्याउने हेतूले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
केएमसीले विगत डेढ वर्षयता उपत्यका तथा उपत्याका बाहिरका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हज्जारौं बिरामी लाभान्वित भइसकेका छन् । केएमसीका कार्यकारी अध्यक्ष डा. शर्माले निःशुल्क स्वास्थ्य शिविरलाई अझ प्रभावकारी बनाउँदै गाउँगाउँमा लैजाने बताएका छन् ।
0 प्रतिकृया