Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेपाल बराबरीमा राेकिँदा बंगलादेश र भारत फाइनलमा

एक्सन खबर
साउन, १८, २०७९


नेपाल बराबरीमा राेकिँदा बंगलादेश र भारत फाइनलमा

काठमाडौं, १७ साउन । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गर्दा नेपाल भने बंगलादेशसँग बराबरीमा राेकिँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको हाे । माल्दिभ्ससँग भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।



यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो । जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो ।

यसअघि आजै भएको पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो । खेलमा ६३ औं मिनेटमा बंगलादेशका मोहमद पियास अहमद नोभाले गोल गरेका थिए ।  त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी निरन्जन मल्लले नेपलका लागि बराबरी गाेल गरे ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।













0 प्रतिकृया