Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजका तीन उत्कृष्ट आर्किटेक्ट डिजाइनर पुरस्कृत

एक्सन खबर


नेपाल इन्जिनियरिङ कलेजका तीन उत्कृष्ट आर्किटेक्ट डिजाइनर पुरस्कृत

भक्तपुर, १५ साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक) का तीन आर्किटेक्ट डिजाइनर पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल (सीएफसी) ले आयोजना गरेको प्रतिष्पर्धामा उत्कृष्ट तीन आर्किटेक्ट डिजाइनरलाई आज एक कार्यक्रमका बिच नगद पुरस्कार सहित पुरस्कृत गरियो ।

अनुहार, मुखको घाउ तथा ओठ काटिएका हरुको उपचार र पुनर्स्थापनामा काम गर्दै आइरहेको सीएफसीले जनकपुरमा निर्माण गर्न लागेको आवासीय भवन तथा पुनर्स्थापना सेन्टर भवनको डिजाइन बनाउन नेकमा आर्टिटेक्ट चौथो वर्षमा अध्ययनरत अध्ययनरत आठ विद्यार्थीहरू छनौट गरी प्रतिष्पर्धा गराएको थियो ।

‘व्युल्डिङ फेस व्युल्डिङ फ्युचर’ भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिसनमा हिमाल रोकायाको डिजाइन प्रथम हुँदा अनुष्का गैरेको डिजाइनले दोश्रो स्थान हासिल गरेको छ । प्रतिष्पर्धामा शौरभी वर्मा शाखको डिजाइनले तेश्रो स्थान हासिल गरेकोमा उनीहरूले क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार सहित प्रमाणपत्र समेत प्राप्त गरे ।उक्त प्रतिष्पर्धामा सहभागीहरूले गुगल म्यापमार्फत जनकपुरमा रहेको प्रोजेक्ट साइटको ४ बिगाहा, ७ कठ्ठा, १७।५ धुर जग्गाको स्वरुप अनुसार आयोजकले दिएको डिजाइन मापदण्डमा रहेर डिजाइन गरेका थिए ।


सीएफसी नेपालले आउँदो अगष्ट ४ मा उत्कृष्ट तीन डिजाइनहरुको जनकपुरमा प्रदर्शनी समेत गर्ने कार्यक्रम रहेकाे छ ।

डिजाइन प्रतिष्पर्धामा भाग लिएका विद्यार्थीहरूले आफुले कलेजबाट हासिल गरेको सीप र ज्ञानलाई प्रस्फुटन गर्न पाउँदा गौरब लागेको बताउँदै प्रतिष्पर्धामा भाग लिँदा हासिल गरेको अनुभवहरु सुनाएका थिए । यस्ता प्रतिष्पर्धाहरुले विद्यार्थीले हासिल गरेको ज्ञान र सीपलाई परख्ने बताइएको छ ।

नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले विद्यार्थीहरूले कलेजमा हासिल गरेको ज्ञान र सीपलाई बाहिर ल्याउन यस्ता प्रतिष्पर्धाहरु उपयोगी हुने तथा विद्यार्थीहरूले गरेको प्रगतिमा कलेजले पनि गर्व गर्ने बताए । कार्यक्रममा एकेडेमिक काेअर्डिनेटर एसोसिएट प्राेफसर बाबुराम भट्टराई, विभागीय प्रमुख सायमी, सीएफसी नेपालका संस्थापक डा. साह लगायतले डिजाइन प्रतिष्पर्धाका बारेमा बाेलेका थिए ।


पुरस्कृत डिजाइनर विद्यार्थीहरूलाई कार्यक्रमका विशिष्ट अतिथि गायक योगेश्वर अमात्य, सीएफसी नेपालका संस्थापक डा. सुनिल साह, नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, फ्युचर फेसका एफ ए मार्कसले पुरस्कारहरू प्रदान गरेका थिए ।

तस्विरः एक्सन खबर

तस्विरः एक्सन खबर













0 प्रतिकृया