Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

एक्सन खबर
साउन, ११, २०७९


पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

काठमाडौं, ११ साउन । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो ।

थप वर्षा हुनसक्ने आकंलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।













0 प्रतिकृया