Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


बास्कोटाको कटाक्ष:देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

एक्सन खबर
साउन, ५, २०७९


बास्कोटाको कटाक्ष:देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

काठमाडाैं, ५ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्र बुँदे ब्याख्याले टारेका थिए । अब बाह्र सत्ताईस ब्याख्याताको जोहो नगरी धर  नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

 













0 प्रतिकृया