Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


भदौ अन्तिम साता फर्निचर एक्स्पोकाे आठौं संस्करण

एक्सन खबर
साउन, ४, २०७९


भदौ अन्तिम साता फर्निचर एक्स्पोकाे आठौं संस्करण

काठमाडौं, ४ साउन । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–०२२ भदौ अन्तिम साता हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो आगामी २३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।

संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचर व्यवसाय ठप्प प्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । ‘यो अवस्थामा एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ,’ जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।’

फर्निचर व्यवसायमा आवद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको जोशीले बताए । पछिल्लो पटक भदौ ०७६ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएको थियो ।

पाँच दिन चल्ने एक्स्पोमा एक सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री रहने आयोजकको भनाइ छ । एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरूले समेत सहभागिता जनाउँदैन् ।

 













0 प्रतिकृया