Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


कोभिडको दोश्रो डोज खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

एक्सन खबर
साउन, १, २०७९


कोभिडको दोश्रो डोज खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

सुनसरी, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरी रामधुनी ७ की ५७ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. कृष्णा पोखरेलले जनाएकी छन् ।

कोभिड–१९ को दोश्रो डोज समेत लगाएकी ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ । उनी असार ३१ गते प्रतिष्ठानमा उपचारार्थ भर्ना भएकी थिइन् । उनको असार ३२ गते बेलुकी ५ः३५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार मृतक महिलाको शव कोभिड नियमानुसार व्यवस्थापन भइरहेको छ ।

 

 













0 प्रतिकृया