Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


‘अब सरकारको बचाउ गर्न सकिँदैन’ गगन थापा

एक्सन खबर
असार, ३२, २०७९


‘अब सरकारको बचाउ गर्न सकिँदैन’ गगन थापा

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाउँदै अब सरकारकाे बचाउ गर्न नसकिने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । 'म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउ गर्न सक्ने अवस्था रहेन,' उनले भने ।

आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए । पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।













0 प्रतिकृया