नेपालको विकासमा भारत भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री
एक्सन खबर
काठमाडौं, ३२ असार । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन् ।
‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।'
डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताएका छन् । प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।
0 प्रतिकृया