Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध

एजेन्सी
असार, ३१, २०७९


महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध

एजेन्सी, ३१ असार । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए ।

उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् । श्रीलंकामा सर्वदलीय सरकार गठनकाे प्रयास भइरहेकाे छ । 













0 प्रतिकृया