साइकलिङ च्यालेन्जलाई नेपाल इको प्यानलकाे साथ
एक्सन खबर
काठमाडौं, ३१ असार । वातावरणमैत्री निर्माण सामग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । यसअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ ।
च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानल नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिबार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।
प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।
0 प्रतिकृया