‘अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन्’ शेखर कोइराला
एक्सन खबर
जनकपुरधाम, ३१ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए ।
अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी गर्दै उनले भने, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्छ, गठबन्धन कति सीटमा र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्छ।’ उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्नै बताए ।
कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उनले जिकिर गरे ।
याे पनि
0 प्रतिकृया