कटारीमा बाेलेराे दुर्घटना हुँदा एककाे मृत्यु सात जना घाइते
एक्सन खबर
उदयपुर, २९ असार । उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज दिउसो करिब ४ बजे उदयपुरको कटारीबाट म्याखु तर्फ जाने क्रममा हाईबेमा बाेलेराे दुर्घटना भएकाे हाे ।
उदयपुर प्रहरीका अनुसार तिब्र गतिमा रहेको प २-०१-००१ च २४३ नम्बरको बाेलेरो एक्कासी टर्निङ लिने क्रममा दुर्घटनामा परेकाे हो । दुर्घटनामा परि कटारी नगरपालिका १३ का २० बर्षका बिष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनको दुर्घटना पछि वीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यस्तै सोहि दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष १६ का दिपेश कोईराला, सोही वडाकी ४५ बर्षकि उर्मिला ठकुरी, २१ बर्षका मनोज मल्ल, २९ बर्षका कृष्ण बहादुर बुढाथोकी रहेका छन् ।
यस्तै गरी २० बर्षका राज मल्ल, उदयपुर कटारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० का इन्द्र मगर र धरान ६ पानमाराका ५१ बर्षका निर्मल भुजेल घाइते भएका छन् ।
एता सुनसरीको बराहक्षेत्र नगरपालिका ५ सिमरबनमा साईकल यात्रीलाई नम्बर नखुलेको सुमो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कालाबन्जरका ४५ बर्षका दुखीलाल धामी रहेका छन् । सुमोको ठक्कर पछि घम्भिर घाइते भएका धामीको उपचारका लागि वीपी प्रतिष्ठान ल्याउने क्रम्ममा बाटोमै मृत्यु भएको हो ।
0 प्रतिकृया