Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


साँखुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११६५ जना लाभान्वित

एक्सन खबर
असार, २९, २०७९


साँखुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११६५ जना लाभान्वित

काठमाडौं, २९ असार । आम जनता माझ सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने काठमाडौं मेडिकल कलेज (केएमसी) को अभियान प्रभावकारी बन्दै गएको छ । राजधानीसँगै राजधानी आसपासका जिल्लाहरुमा केएमसीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएर स्वास्थ्योपचार गराउने सर्वसाधारणहरुको संख्या नै हज्जारौं पुगेको छ ।

सोहिक्रममा पछिल्लो विवरण अनुसार केएमसीले शंखरापुर नगरपालिकाको साँखुमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ११६५ जना बिरामी लाभान्वित भएका छन् । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्थानीय पिपुल लाइफ केयर हस्पिटलसँग समन्वय गरेर गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १८४ जना बिरामीको इसिजी गरिएको छ ।

यसैगरी स्वास्थ्य शिविरमा २१३ जनाको ल्याब परीक्षण गरिएको तथा १९७ जनाको अल्ट्रासोनोग्राफी गरिएको छ । स्वास्थ्य शिविरमा ३२ जनाको दाँत खोलिएको थियो भने, ३७ जनाको स्वास्थ्य परीक्षण पश्चात ओटी रेफर गरिएको केएमसीले जनाएको छ ।

विराटनगरमा नोबेल शिक्षण अस्पताल सञ्चालन गरेर प्रदेश १ र मधेस प्रदेशका लाखौं जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका समाजसेवी डा. सुनिल शर्माले केएमसीको नेतृत्व संहालेसँगै आम सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याइएको छ ।













0 प्रतिकृया