Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


काठमाडौं मेडिकल कलेजमा क्यान्सर रोगको पनि उपचार सुरू

एक्सन खबर


काठमाडौं मेडिकल कलेजमा क्यान्सर रोगको पनि उपचार सुरू

काठमाडौं, २८ असार । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा क्यान्सरका बिरामीको पनि उपचार हुने भएको छ । काठमाडौं मेडिकल कलेजमा भक्तपुरको काठमाडौं क्यान्सर सेन्टर (केसीसी) का क्यान्सर विशेषज्ञ डाक्टरहरूले सेवा दिने भएसँगै केएमसीमै क्यान्सरसँग सम्बन्धित रोगको उपचार हुने भएको हो ।

मंगलबार केएमसी र क्यान्सर सेन्टर विच साउन १ गतेदेखि केएमसीमा उपचारार्थ आउने बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न सहमति भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले बताए । उनका अनुसार अब काठमाडौं क्यान्सर सेन्टरका अंकोलोजिष्टहरुले केएमसीमा प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म अंकोलोजी ओपिडी सेवा दिनेछन् । यसमा क्यान्सरका रोगीहरूलाई प्रदान गरीने किमोथेरापी समेत समावेश रहेको छ ।

दुई अस्पताल विच भएको सहमति अनुसार केएमसीका बिरामीहरूलाई केएमसीमा उपलब्ध नभएको रेडियोथेरापी सेवा काठमाडौं क्यान्सर सेन्टरमा उपलब्ध हुनेछ । जसमा केसीसीमा उपलब्ध सेवाहरूको शुल्क त्यहाँको रेट अनुसार हुनेछ । यता केसीसीबाट केएमसीमा रिफर भएका बिरामीहरूको उपचारको शुल्क केएमसीको सेवाको नियमानुसार हुने बताइएको छ । बिरामीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि दुवै अस्पतालका स्वास्थ्यकर्मीहरू बिच आपसी सहकार्य र समन्वय समेत हुनेछ ।

सहमति पत्रमा केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठ तथा केसीसीका अध्यक्ष प्रा.डा. अञ्जनी कुमार झाले हस्ताक्षर गरेका छन् ।

डा. सुनिल शर्माले केएमसीलाई अत्याधुनिक स्वास्थ्य सेवा युक्त बनाउने क्रममा क्यान्सर रोगको उपचार समेत थालनी गरिएको बताए । पछिल्लो समय विभिन्न प्रकारका क्यान्सर रोगको जोखिम बढेकोले त्यसबाट सर्वसाधारण जनताहरू आक्रान्त भई लाखौं खर्च गरेर विदेशमा उपचारार्थ जानुपर्ने बाध्यतालाई हल गर्नकै लागि केएमसीले क्यान्सर रोगको उपचार थालनी गरेको डा. शर्माले बताएका छन् ।

दुवै अस्पतालले गरेको सहमतिले क्यान्सर रोगको निदानतर्फ ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।


 













0 प्रतिकृया




















फल्लोअप