Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


टी-२० काे अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

एजेन्सी
असार, २७, २०७९


टी-२० काे अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

काठमाडौं, २७ असार । अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो ।

२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए । भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।













0 प्रतिकृया