Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

एक्सन खबर
असार, २६, २०७९


अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

टोकियो, २६ । पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ ।

विभत्स हत्याले प्रजातान्त्रिक पक्रिया अवरोध नहुने प्रधानमन्त्री फुमिको किसिदा र अन्य राजनीतिज्ञहरूले बताउँदै आएका छन् । ‘चुनावका क्रममा आवाज दबाउन हामीले कहिल्यै पनि हिंसालाई अनुमति दिनु हुन्न’, उनले भने ।

उनले टोकियोस्थित आबेको घरमा शोक व्यक्त गरेका छन् । अबेको शव शनिबार दिउँसो पश्चिमी जापानको अस्पतालबाट घरमा लगिएको थियो । अबेको हत्यापछि सम्पूर्ण देश नै स्तब्ध बनेको छ । उनको हत्याको विश्व नेताले निन्दा गरेका छन् । नेपालले हिजाे शनिबार अबेकाे हत्याकाे निन्दा गर्दै सार्वजनिक विदा घाेषणा गरेकाे थियाे ।
 













0 प्रतिकृया