Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


बेलायतमा राजनीतिक संकटः प्रधानमन्त्री जोनसन राजीनामा नदिने पक्षमा

एजेन्सी
असार, २३, २०७९


बेलायतमा राजनीतिक संकटः प्रधानमन्त्री जोनसन राजीनामा नदिने पक्षमा

लन्डन, २३ असार । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।

मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् ।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक संकट चर्किरहेका बेला प्रधानमन्त्री जोनसनले लेभलिङ अप, हाउजिङ तथा कम्युनिटी मन्त्री  माइकल गोभलाई बर्खास्त गरेका छन् । यसअघि गोभले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेका छन् । ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताए ।













0 प्रतिकृया