Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन

एक्सन खबर
असार, २२, २०७९


अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन

काठमाडाैं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएकाे छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

गठित समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला कुमारी यादव, सिताराम मेहता र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।













0 प्रतिकृया