Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा खर्चने घाेषणा

एक्सन खबर
असार, २२, २०७९


‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा खर्चने घाेषणा

मुम्बई, २२ असार । फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् । उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् ।

रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् । उनले फिल्मको कमाईको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पुर्याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने बताए ।

‘७७७ चार्ली तपाईंसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मनपराइरहेका छन् । हाम्रो खुशीको सीमा नै छैन । किनकी यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् । चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।













0 प्रतिकृया