Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचनमा ७६ प्रतिशत मत खस्याे

एक्सन खबर
असार, २०, २०७९


सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचनमा ७६ प्रतिशत मत खस्याे

धरान, २० असार । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा मतदानमा ७६ प्रतिशत मत खसेकाे छ । संघकाे कार्यालयमा सम्पन्न मतदानमा २९७७ मतदाता रहेकाेमा २२७८ जनाले सहभागिता जनाएकाे निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले बताए ।

उनका अनुसार कूल मत मध्ये  ७६ प्रतिशत मत खसेको निर्वाचन छ । डा. शर्माका अनुसार अध्यक्षमा २२७८, वाणिज्य तर्फ १४००, उद्योग तर्फ ७८२ र बस्तुगत तर्फ १९ मत खसेको छ । सङ्घको अध्यक्षमा विजय श्रेष्ठ, शिवराज श्रेष्ठ र पवन अग्रवालले उम्मेदवारी दिएका छन् ।

संघको वाणिज्यतर्फ ८ पदका लागि २१, उद्योग तर्फ ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको थियो । ४ जना सदस्यहरू यसअघि नै निर्विराेध निर्वाचित भइसकेका छन् ।

डा. शर्माले सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएकाे बताउँदै  भोलि मंगलबार बिहान ८ बजे देखि मतगणना हुने जानकारी दिएका छन् ।



















0 प्रतिकृया