Follow us:


Follow us

१६ असोज २०८३, शुक्रवार
१६ असोज २०८३, शुक्रवार


दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ

एक्सन खबर
असार, १७, २०७९


दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ

काठमाडौं, १७ असार । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दूरसञ्चार पूर्वाधारमा दोहोरो खर्चले उपभोक्ता मारमा परेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजना गरिएको इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पनि आआफ्नै तार प्रयोग गर्दा खर्च बढेको र यसले उपभोक्ता मारमा परेको उनको धारणा छ ।

‘एकै ठाउँमा दुई कम्पनीले तार टाँग्ने गरेका छन् । त्यो खर्च उपभोक्तासँग असुल गरिन्छ । यसले पनि इन्टरनेट महंगो भएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पहिलेकै कम्पनीको तार भाडा लिई प्रयोग गरे खर्च घट्ने र तार खरिदमा बाहिरिने रकम पनि जोगिनेछ,’ उनले बताए ।

सरकारले पूर्वाधार सेयरिङ गर्न नीति बनाइरहँदा पनि सेवाप्रदायकले सहयोग गर्नै नचाहेको सचिव अर्यालको भनाइ छ ।
 













0 प्रतिकृया