यी हुन् पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तक
एक्सन खबर
काठमाडौं, १५ असार । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो ।
दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।
उत्कृष्ट पुस्तकमा डा. नवराज लम्सालकाे अग्नि, केशवराज ज्ञवालीकाे अर्काे भाेर, दीनानाथ शर्माकाे एक सम्बाेधन समयमाथि, राजवकाे काफ्फाकाे काम सकियाे, कविता राईकाे गुरू रहेका छन् ।
छनाैटमा परेका १५ उत्कृष्ट पुस्तकहरू
अग्नि-डा नवराज लम्साल
अर्काे भोर-केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि-दीनानाथ शर्मा
काफ्काको काम सकियो-राजव
गुरु-कविता राई
छाइल-लोकराज भट्ट
ताल्चा-दिलीप बान्तवा
निनाद-बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल-राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम-उषा हमाल
भोजपुरको बाङ्मय-डा. विप्लव ढकाल
महाभारा- बसन्त बस्नेत
मिथ्या-दीपक पराजुली
यादहरूको संग्राहलय-केवल विनाबी
सत्यमोहन-गिरीश गिरी
0 प्रतिकृया