Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

एक्सन खबर
असार, १४, २०७९


वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

काठमाडौं, १४ असार । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

साविक नेकपामा अन्तर्द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ ।

केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।

साे क्रममा गौतमले आफूसँग अब जीवनको धेरै लामो समय नभएको ज्ञात भएको बताएका छन् । उनले आफूलाई मृत्युको बोध पनि भएकोले बाँकी जीवन पनि विगतमा जस्तै देश र जनताको हितमा समर्पित गराउने बताए ।

आज पार्टी घोषणा कार्यक्रममा गौतमले भने, ‘म अब कति नै बाँच्छु । जन्मेपछि मृत्यु हुन्छ यो बुझेको छु ।’ उनले कम्युनिस्ट एकतामा जोड दिए ।
 













0 प्रतिकृया